Namastebihani
images

रत्ननगरको सस्तो फर्निचरमा आगलागी

  • ३ चैत्र २०७९, शुक्रबार ०९:३६

रत्ननगरः पूर्वी चितवनको रत्ननगरको एक फर्निचर पसलमा आगलागी भएको छ । रत्ननगर–३ स्थित सस्तो फर्निचर पसलमा आगलागी भएको हो । आगलागीबाट एकाउन्ट सेक्सनमा रहेको महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आइसकेको जनाइएको छ ।

पावर सकेटमा विद्युत्त सर्टभई आगलागी भएको पसलका सञ्चालक अनिल अधिकारीले जानकारी दिए । आगलागी समयमै नियन्त्रणमा लिएकाले पसलमा रहेका फर्निचरका सामानाहरु जोगिएको उनले जानकारी दिए । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ ।