
चितवन : भरतपुर महानगरपालिका देशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । आज काठमाडौँमा आयोजित नेपाल नगरपालिका संघको ३०औं स्थापना दिवसको अवसरमा भरतपुर महानगर देशभरका नगरपालिकाहरु मध्येकै उत्कृष्ट ठहरिदै उत्कृष्ट नगरपालिकाबाट पुरस्कृत भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०७९’ महानगर प्रमुख रेनु दाहाललाई प्रदान गरे । भरतपुर महानगरपालिकामा पछिल्लो समय विकासले गति लिएको छ । केही महिना अघि मात्रै भरतपुर महानगर ६ वटा महानगरपालिका मध्ये कार्यसम्पादन मूल्यांकनमा पहिलो भएको थियो । भरतपुरको विकासमा मेयर दाहालले सदैव अग्रसरता लिने गरेकी छन् । उनकै पहलमा भरतपुरमा ठूलठूला केन्द्रीय आयोजनाहरु भरतपुरमा पर्ने गरेको छ ।