Namastebihani
images

सभ्यश्री डेण्टल एण्ड एथेस्टिक क्लिनिकको सेवा आजदेखी सुरु

  • २९ फाल्गुन २०७९, सोमबार १७:३७

 चितवन : भरतपुरको अस्पताल रोडमा सुविधा सम्पन्न डेण्टल तथा एस्थेटिक क्लिनिक सञ्चालनमा आएको छ । एकै छाना मुनीबाट डेन्टल र अनुहारको छाला सम्बन्धि सेवा दिने उद्धेश्यसहित सभ्यश्री डेण्टल एण्ड एथेस्टिक क्लिनिकले आजबाट सेवा सुरु गरेको हो । क्लिनिकको भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनालले उद्घाटन गरे ।

खनालले सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, एसपी रामेश्वर कार्कीले भरतपुर जस्तो स्वास्थ्यको हव क्षेत्रमा सञ्चालनमा आएको क्लिनिकले उत्कृष्ट सेवा दिने विश्वास व्यक्त गरे । अफिनका अध्यक्ष नारायणसिंह कुँवरले दात र अनुहारले सौन्दर्यता झल्काउने भन्दै हेरचाहमा ध्यान दिनुपर्ने बताए ।

डाक्टर रस्ना श्रेष्ठ र डा उन्नति जिसी, डा सुरेश श्रेष्ठ र डा सुनिल रानाभाटको संयुक्त लगानीमा सञ्चालनमा आएको क्लिनिलले नयाँ प्रविधिको प्रयोगबाट सेवा दिने बताईएको छ । क्लिनिक सञ्चालनमा आएसँगै दाँत तथा अनुहारको छाला सम्बन्धी सेवा लिनका लागि स्थानीयलाई अझ बढी सहज हुने डा. रस्ना श्रेष्ठको भनाई छ ।

डेण्टल क्लिनिकमा दाँत सम्बन्धी सबै प्रकारका विशेषज्ञ सेवा उपलब्ध रहेको श्रेष्ठले बताईन् । क्लिनिकमा डेण्टिस्ट सर्जन र डेण्टल हाइजेनिष्टबाट हरेक दिन सेवा प्रदान गरिने अर्कि सञ्चालक डा उन्नति जिसीको भनाई छ । हाईड्राफेसियल विधिबाट छालामा कुनै असर नगर्ने गरि चाया, पोतो, दाग हटाईने उनले बताईन् ।

यस्तै किराले खाएको दाँतमा नचिनिने गरी सिमेन्ट भर्ने, दाँतको एक्स–रे गर्ने, बाङ्गाटिङ्गा नमिलेका दाँतहरुलाई मिलाउने, दाँत नभएको ठाउँमा नचिनिने गरी स्थायी तथा अस्थायी दाँत लगाउने, बालबालिकाको दुखेको दाँतको उपचार गर्ने, सबै दाँत लगाउने सेवा पनि क्लिनिकमा उपलब्ध हुने उनले जानकारी दिईन् ।