Namastebihani
images

टिकौली चौरमा रत्नप्रिय कप खुल्ला नकआउट फुटबल प्रतियोगिता–२०७९ सुरु

  • १३ मंसिर २०७९, मंगलवार ०८:४५

चितवन :  पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा रत्नप्रिय खुल्ला नकआउट फुटबल प्रतियोगिता–२०७९ सुरु भएको छ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ रत्ननगर ९ मा रहेको रत्नप्रिय क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको एक भव्य समारोहका बिच रत्ननगर नगरपालिकाका उपप्रमुख यावद पाठकाले उद्धघाटन गरेका थिए ।

   सो अवसरमा बोल्दै उनले रत्ननगरमा खेलकुद विकासका लागि नगरले विशेष प्रथामिकताका साथ काम गरेको स्पष्ट पारे । उनले रत्ननगरमा छिटै मिनि रगंशाला निर्माणमा आफुहरु अगाडी बढ्को जानकारी गराए। उपप्रमखु पाठकले टिकौली चौरलाई खेलकुद व्यवस्थापनका लागि प्रयोग गर्ने ल्याउने प्रतिवद्धता जना्रए ।
स्थापनाको छोटो समयमा नै खेलकुद क्षेत्रको विकासगैँ टिकौली चौरको दिगो संरक्षणका लागि फुटबल प्रतियोगिता उपयोगी बनेको क्बलका अध्यक्ष वसन्त रानाले बताए । उनले टिकौली चौरलाई रंगशाला बनाउन सबै एकजुट हुनुपर्नेमा जोड पनि दिए ।

प्रतियोगिताको पहिलो दिन अठाईस विघा फुटबल क्बल नवलपरासी विजयी भएको छ । अठाईस विघा फुटबल क्बल नवलपरासी र मनहरि फुटबल क्लब मकवानपुर विच भएको खेलमा ०का विरुद्ध ४ गोल गर्दै अठाईस विघा फुटबल क्बल नवलपरासी विजयी भएको थियो ।
प्रतियोगितामा अठाईस विघाकै मानबहादुर पाठक म्यान अफ द म्याच घोषीत भएका थिए । क्लबका सचिव विजय लामाले स्वागत मन्तव्य व्यक्त गरेको प्रतियोगीतामा ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका डिएसपी रविनबाबु रेग्मी र रत्ननगर नगरपालिका वडा नं। ९ का वडा अध्यक्ष अनन्त अधिकारी विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्की रनपा वडा नं.१० का वडा अध्यक्ष कलाधर पौडेल लगायतले बोलेका थिए । यहि मंसिर १२ गतेदेखि २५ गतेसम्म हुने फुटबल प्रतियोगिता मा १४ टिमको सहभागीता रहेको छ ।
प्रथम हुने समुहलाई १ लाख १ हजार ११ रुपैँया, द्धितिय हुने समुहलाई ५५ हजार ५ सय ५५ रुपैँया पुरस्कार साथै शिल्ड, कप, मेडल र प्रमाण पत्रको व्यवस्था गरेको रत्नप्रिय क्बलका उपाध्यक्ष रामु पौडेलले जानकारी दिए । यस्तै, हरेक दिन उत्कृष्ट खेलाडीहरुलाई रु ५ हजारकादरले सम्मान गरिने उनको भनाई छ । नेपाली फुटवललाई व्यबसायीकरण गर्नेुका साथै खेलाडी पहिचानको लागि फुटवल प्रतियोगिता आयोजना गरिएको उनले बताए ।