
राजेन्द्र आचार्य, चितवन : चितवन जिल्लाभरीका सडक खण्डमा सञ्चालन हुने सार्वजनिक यातायातका साधनलाई टाईम कार्ड लागु गरिएको छ । विगतमा भएका सवारी दुर्घटनाहरुको विश्लेषण गरी चाडवाड लक्षित टायम कार्ड जिलला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक कार्यालय चितवनको संयुक्त सक्रियतामा चितवनको पूर्वी नाका लोथर बजारबाट टाईम कार्ड लागु गरि शुभारम्भ गरिएको थियो ।
चितवन प्रहरीले बागमती प्रदेश प्रहरी कार्यालयको निर्देशन वमोजिम प्रदेशमा नै पहिलो पहिलो पटक चितवनबाट चाडपर्व लक्षित टाईम लागु गरेको चितनव प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिए । टाईम कार्ड लागू भएपछि सार्वजनिक सवारी साधनको गति नियन्त्रण भई दुर्घटना कमी हुनेछ एसपी अधिकारीले भने, होडबाजी गर्दै अनियन्त्रित रुपमा हुइकिने प्रवृति नियन्त्रण भई दुर्घटनामा समेत कमी हुनेछ ।
हरेक दुर्घटनाको अध्ययन गर्दा सार्वजनिक सवारी साधनमा चालकले अत्यधिक गतिले प्रतिस्पर्धात्मक तरिकाले हाकेका कारण दुसर्घटना बढेको पाइएको र यसलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले जिल्लाभरीका सार्वजनिक सवारी साधनलाई अनिवार्य टाइम कार्ड लागु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्म बहादुर अधिकारीले जानकारी दिए ।
एक औपचारिक समारोहका विच चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्म बहादुर अधिकारीले संयुक्त रुपमा टिपर चालक राजेन्द्र मोक्ताङ्ग र वस चालक सुवास ठकुरीलाई टाईम कार्ड दिदै अभियानको शुधभारम्भ गरेका थिए ।
टायम कार्डको नियम अनुसार जिल्लाको पूर्वी लोथरबाट छुटेको यात्रुवाहक सवारी साधनले गोन्द्राङ्गसम्म आइपुग्नका लागि न्यूनतम ५० मिनेट लगाउनु पर्नेछ । यसको जाँच गोन्द्राङ्गमा गरिन्छ । त्यसपछि गोन्द्राङ्गदेखि मुग्लिनसम्म पुग्न न्यूनतम १ घण्टा ५ मिनेट लगाउनु पर्नेछ ।
तोकिएको समयभन्दा छिटो गन्तव्यमा पुगे जरिमाना लगायत अन्य कारवाही हुने ट्राफिक प्रहरीको भनाई छ । दुर्घटना न्यूनीकरणका लागि राडरगनको प्रयोग, मादक पदार्थ सेवन गरेर सवारी चलाउन पूर्णरुपमा रोक, सवारी चालक अनुमति पत्र नहुनेलाई सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाएपनि त्यसले मात्र पर्याप्त नभएपछि सवारी दुर्घटनाका लागि टाइम कार्ड लागू गरिएको हो ।
कार्ड लागू गरिएसँगै तिव्र गतिमा हुइँकिने सवारी आफैं नियन्त्रित हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्म बहादुर अधिकारीको भनाइ छ । सार्बजानिक यातायतमा यात्रा गर्न सुरक्षिता भएको सहज भएको र यो प्रकृया देशैभरि लागू गर्न यात्रुहरुले सुझाव दिएका छन् । नारायणी यातायात व्यवसायी संघकाशाखा प्रमुख शंकर गिरीले यसरी टायम कार्डले यात्रा सुरक्षित हुने बताउदै चाँडो हाक्नु भन्ने दवाव वन्द हुने विशवास व्यक्त गरे ।
यसैविच वागमती प्रदेश प्रहरीले सिन्धुली जिल्ला हुँदै जाने विपि राजमार्ग स्थित भिमान देखि नेपालथोक दुम्जासम्ममा पहिलेदेखिनै टायमकार्ड लागु भएकोमा चाडपर्वलाई लक्षित गरी थप मकवानपुर, चितवन, धादिङ र काभ्रे जिल्लाका प्रमुख राजमार्गमा सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिको निर्णय गराई आजदेखी लागु गरेको हो ।
थप टायमकार्ड लागु भएका राजमार्गहरुमा मुग्लिङ नारायणगढ खण्ड, पुर्व पश्चिम राजमार्गको चुरियामाई हेटौंडा देखि चितवन सम्म, त्यसैगरी पृथीवी राजमार्गको खानीखोला धादिङ देखि मझिमटारसम्म, अरनिको राजमार्गको धुलिखेल दोलालघाटसम्म र विपि राजमार्गको मंगलटार देखि काभ्रेमञ्ज्याङ सम्म थप गरिएको हो । टायमकार्ड लागु गरिएका उल्लेखित राजमार्गमा निश्चित दुरी र समय मिलाई सवारी आवागमनको व्यवस्था मिलाईएको छ ।