
चितवन : चितवनको नारायणी नदी किनारलाई ‘सी–बिच’ का रूपमा विकास गरिने भएको छ। देशकै मध्य भागमा पर्ने नारायणी नदी किनारलाई पर्यटकीय आर्कषक गन्तव्यको रुपमा समेत विकास गर्ने योजना अनुसार नदी किनारलाई ‘सी बीच’ मोडलमा विकास गर्न लागेको मेयर रेनु दाहालले जानकारी दिइन्।
नारायणी नदीको किनारलाई ‘सी–बिच’ को मोडेलमा विकास गर्ने महानगरको योजना अनुरूप थप नाराणीपुल देखिको बिच तटबन्ध र नदी सौन्दर्य निर्माण कार्यको नारायणी नदी व्यवस्थापन कार्यालयबाट २० करोड लागतमा बोलपत्र आब्हान गरिएको महानगर प्रमुख दाहालले जानकारी दिइन्।
साथै नारायणीको भरतपुर खण्डको सम्पूर्ण नारायणघाटदेखि गोलाघाट सम्मको ५ वटा प्याकेजमा २६ किमी सौन्दर्यकरण सहितको दिगो समाधान सुनिश्चित भएको मेयर दाहालले बताइन्।