Namastebihani
images

खैरहनीमा स्वास्थ्य शिविर : १७० जनाको निःशुल्क उपचार

  • १३ आश्विन २०७९, बिहीबार १७:५५

रत्ननगर : चितवनको खैरहनी नगरपालिका वडा नं २ मा रहेको पटिहानी गाउँमा आयोजना गरिएको स्वास्थ्य शिविरमा १७० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । ग्रिन सोसाइटी नेपाल, ग्रिन सोसाइटी पब्लिक स्कुल, लायन्स क्लव अफ चितवन सौराहा, लायन्स क्लव अफ ढाकाटोपी, पुरानो मेडिकल कलेज, खैरहनी नगरपालिका वडा नं २,३ र ४ को सयुक्त आयोजनामा राष्ट्रिय आधारभूत विद्यालय पटिहानीमा शिविर गरिएको हो ।

ग्रामिण क्षेत्रमा रहेका गरिव तथा विपन्न समुदायको उपचारको लागि शिविर आयोजना गरिएको सोसाइटीका महासचिव शिरलाल परियारले जानकारी दिए । जनरल फिजिसियन, नाक, कान, घाँटी, हार्डजोर्नी तथा नशा, दन्त र स्त्रीरोगको उपचार गरिएको उनले जानकारी दिए । शिविरमा उपचार गराएका विरामीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

पुरानो मेडिकल कलेजकी डाक्टर प्रेरणा बस्यालको नेतृत्वमा विशेषज्ञ डाक्टर तथा स्वास्थ्यकर्मीहरुले विरामीको उपचार गरेको सोसाइटीका महासचिव परियारले बताए । शिविरको उद्घाटन गर्दै खैरहनीका मेयर शशीकुमार खनियाले ग्रामिण क्षेत्रलाई लक्षित गरी आयोजना गरेको शिविरले यहाँका नागरिकको स्वास्थ्य जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले नगरपालिकाले बुवाआमा स्वास्थ्य कार्यक्रम अन्तर्गत ५८ बर्ष भन्दा माथीका बृद्धबृद्धाको घरमै स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको बताए ।

लायन्स क्लव अफ ढाकाटोपीका अध्यक्ष रामेश्वर रिजालले स्वागत मन्तव्य राखेको कार्यक्रम सहसचिव शिवप्रसाद उप्रेतीले सञ्चालन गरेका थिए । उद्घाटन कार्यक्रममा वडा नं २ का वडाध्यक्ष रोहिणीप्रसाद उप्रेती, वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर गुरुङ, वडा नं ४ का वडाध्यक्ष बेदबहादुर अधिकारी, लायन्स क्लव अफ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरे,सामाजिक अभियान्ता शान्तामणि नहर्की लगायतको सहभागिता रहेको थियो । ग्रिन सोसाइटी नेपालले राष्ट्रिय आधारभूत विद्यालय पटिहानीका ५५ जना विद्यार्थीलाई स्टेशनरी स