Namastebihani
images

होस्टल ऐसोसिएसन चितवनको ८ औ बार्षिक साधारणसभा सम्पन्न

  • १२ आश्विन २०७९, बुधबार १९:५५

चितवन : नेपाल होस्टल ऐसोसिएसन चितवनको ८ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा उद्योग वाणिाज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको कार्यक्रमको प्रमुख अतिथि र भरतपुर महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष पर्मेश्वर खनाल विशिष्ट अतिथि रहेका थिए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले होस्टल व्यवसायलाई अझबढी सहज र मर्यादित बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। यस्तै भरतपुर महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष पर्मेश्वर खनालले यो व्यवसायले शैक्षिक उदेश्य लिएर काठमाडौं प्रवेश गरेका विद्यार्थीहरू लाई पुर्याएको सहयोग र सेवा प्रशंसनिय भएको धारण राखे।

होस्टल व्यवसायलाई सम्मानित व्यवसायका रूपमा स्थापित गर्न व्यवसायीहरुले सो अवसरमा माग गरेका थिए । स्थानिय सरकार देखी सुरक्षा निकायसँग गरेका सहकार्यले यो व्यवसायको पहिचान निर्माणका लागि ठूलो सहयोग पुर्याएको नेपाल होस्टल ऐसोसिएसन चितवनका अध्यक्ष कृष्ण शंकर अधिकारीले बताए ।

कार्यक्रममा नेपाल होस्टल ऐसोसिएसनका केन्द्रीय सल्लाहकार प्रकाश राज पन्त, नेपाल होस्टल ऐसोसिएसन काठमाडौका जिल्ला अध्यक्ष राजु भुजेल, उद्योग वाणिाज्य संघ चितवनका उपाध्यक्ष शिरीष पन्त लगायतकको विशेष उपस्थित रहेको थियो ।