Namastebihani
images

गृहजिल्ला चितवनमा निर्माण भएको नयाँ घरमा सरे माओवादी अध्यक्ष प्रचण्ड

  • १० आश्विन २०७९, सोमबार १८:०२

चितवन : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भरतपुरमा नवनिर्मित घरमा सरेका छन्। भरतपुर महानगरपालिका १४ स्थित शिवनगरमा रहेको प्रचण्ड टोलमा बनेको एकतले घरमा प्रचण्ड आज सरेका हुन्। अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल सहित नयाँ घरमा सरेका हुन् ।

घर बनेको ठाउँ प्रचण्डको निर्वाचन क्षेत्रमै पर्छ। प्रतिनिधि सभाको चुनाव नजिकिँदै गर्दा प्रचण्ड आफ्नै घरमा सरेका हुन्।