Namastebihani
images

टुकुचा खोला होइन् भन्ने अदालतले नेपाललाई कसरी देश प्रमाणित गर्छ ?

  • ६ आश्विन २०७९, बिहीबार ०८:३२

काठमाडाैँ :  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले टुकुचा उत्खननका सन्दर्भमा उच्च अदालत पाटनले दिएको आदेशमा असन्तुष्टि जनाएका छन् ।

उच्च अदालतले बुधबार टुकुचा खोलामाथि बनेका संरचना भत्काउने महानगरको योजना असोज २६ गतेसम्म रोक लगाएको थियो । त्यसप्रति कटाक्ष गर्दै उनले अदालतले टुकुचालाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्छ भन्दै प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले टुकुचा (इच्छुमती) नदीलाई खोला भन्न सक्दैन भने , नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?’ महानगरपालिकाले टुकुचा उत्खनन थालेपछि यसबारे व्यापक बहस भइरहेको छ भने अदालतसम्म मुद्दा पुगेको हो ।