
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको आईसीसी टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयता खस्किएको छ ।
सन्दीपको टी-ट्वान्टी बलिङतर्फको वरीयता खस्किएको हो । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार सन्दीप एक स्थान तल झर्दै ६२ औँ स्थानमा पुगेका छन् ।
बलिङतर्फ नेपालका कुनै पनि खेलाडी छैनन् । यता ब्याटिङतर्फ भने कुशल भुर्तेल एक स्थानमाथि ५१ औँ स्थान तथा दिपेन्द्र सिंह ऐरी एक स्थानमाथि ५८ औँ स्थानमा उक्लिएका छन् । अलराउन्डतर्फ दिपेन्द्र १० औँ स्थानमा यथावत छन् ।
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको छ ।