
चितवन : भरतपुर महानगरपालिकाका संस्थागत विद्यालयहरुले गरेको शूल्क वृद्धि गरेको प्रति अखिल (क्रान्तिकारी) भरतपुरको गम्भीर ध्यानकार्षण भएको जनाएको छ ।
अखिल (क्रान्तिकारी) भरतपुर महानगरपालिकाका संयोजक पिङगल राज पन्तद्वारा सोमबार जारी गरिएको विज्ञप्तीमा गरिब अभिभावकको ढाड सेक्ने गरी गरिएको २० प्रतिशत शूल्क वृद्धि फिर्ता गर्न माग गरिएको छ । निजी विद्यालयहरुलाई व्यपारिक केन्द्रको रुपमा विकास भएको भन्दै अखिल (क्रान्तिकारी) भरतपुरले शूल्क वृद्धि फिर्ता नभए चरणवद्ध अन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
कोभिड–१९ को चपेटामा परेर सबै ब्यबसाय एवं अर्थतन्त्र नै धरासयी बनेको वर्तमान अवस्थामा विद्यार्थीहरुबाट शुल्क असुल्ने कार्य स्वीकार्य नहुने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै भरतपुर महानगरपालिकाको शिक्षा शाखालाई चर्को शुल्क अशुल्ने निजी संस्थागत विद्यालयहरुलाई कारबाहीको दायारामा ल्याउन ध्यानाकर्षण गरिएको छ ।
वर्तमान समयमा कोभिड–१९ को प्राभव र अन्तर्राष्ट्रिय रूपमा देखियको आर्थिक मन्दी र मुल्य वृद्धिले आम जनता अभिभावक चरम समस्यामा परेको समयमा शूल्क वृद्धि उपयुक्त नभएको विज्ञप्तीमा भनिएको छ ।