Namastebihani
images

प्रचण्ड र गठबन्धनको जित चितवन मा पक्का छ : सभापति लालबहादुर दवाडी

  • ५ आश्विन २०७९, बुधबार ०६:४०

चितवन : चितवन ३ मा प्रचण्ड र गठबन्धनका उमेदवारको जित पक्का रहेको लालबहादुर दवाडीले बताएका छन् । नेपाली कांग्रेसको क्षेत्रिय सभापति समेत रहेका दवाडीले नेकपा एमाले कमजोर रहेको भन्दै जित पक्का रहेको बताएका हुन् ।

चितवन ३ मा कांग्रेस आफै बलियो छ त्यसमाथि माओवादीको शक्ति थपिदा पराजित हुने कुरै आँउदैन, जित पक्का हो दवाडीले भने । कांग्रेसको संगठन बलियो हुनुनै गठबन्धनलाई जित दिलाउन पुग्ने आधार रहेको दवाडीले  भने, ‘कांग्रेसको संगठन बलियो हुनुनै गठबन्धनलाई जित दिलाउन पुग्ने आधार हो, प्रचण्ड पराजित भए त्यसको जिम्मा म लिन्छु ।’

क्षेत्रिय सभापति दवाडी आफै प्रचण्डलाई चुनावी मैदानमा साथ दिन चितवन ३ को ख बाट प्रदेशमा चुनाव लड्ने तयारीमा छन् । उनी ३ को ख बाट आफुले टिकट पाउनेमा ढुक्क छन् । दवाडी भन्छन्, ‘अब आगामी मंसिर ४ गते चुनावमा प्रचण्डसँगै विजयीको टीका लगाउँछु जनताको माया पाएको छु, मतपनि पाउँछु ।’