Namastebihani
images

चितवनका चर्चित चार अनुहार राष्ट्रपतिबाट बिभुषित

  • ५ आश्विन २०७९, बुधबार ०६:३२

चितवन :  चितवनका प्रतिष्ठित सामाजिक अगुवाहरु संबिधान दिवसको अवसरमा बिभिन्न मान पदवीबाट बिभुषित भएका छन । माडवाडी समुहका अगुवा बरिष्ठ समाजसेवी उद्योगी उमाशंकर अग्रवाल ,राजनितिज्ञ वरिष्ठ समाजसेबी देवघाट क्षेत्र विकास समितका पुर्व अध्यक्ष बरिष्ठ ब्यातित्व टंकनाथ पौडेल ,बरिष्ठ समाजसेवी तथा जयश्री अर्गनाईजेसनका महानिर्देशक उद्योगी पवन कुमार अग्रवाल, पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, राष्ट्रपतिबाट प्रदान हुने बिभिन्न मान पदबिले राष्ट्रपति बिद्यादेबी भण्डारीबाट सम्मानित भएका हुन ।

सम्मानित सबै ब्यात्तिवले वषौ वर्ष देखि विभिन्न क्षेत्रमा रहेर समाजको हित र सामाजिक जागरणमा काम गरिरहेका छन ।बिभुषित वरिष्ठ समाजसेवी पौडेलले समाजसेवामा उत्कृष्ट काम गरेबापत समाजसेवा रत्न पदकबाट बिभुषित भएका हुने ।

त्यस्तै अग्रवाल द्धोयले लामो समय देखि उद्योग र व्यवसायमा रहेर समाजसेवामा योगदान दिएको भन्दै प्रवल जनसेवाश्री पदकबाट बिभुषित भएका हुन ।त्यस्तै पत्रकार महासंघ अध्यक्ष अधिकारी प्रवल जनसेवाश्री पदकबाट बिभुषित भएका हुन ।