Namastebihani
images

औषधी व्यवसायी संघ चितवनको अध्यक्षमा तिमिल्सिना, उपाध्यक्षमा श्रेष्ठ विजयी

  • ४ आश्विन २०७९, मंगलवार ०८:०६

चितवन :  नेपाल औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा विनोद प्रसाद तिमिल्सीना चयन हुनु भएको छ । हिजो सम्पन्न सातौं अधिवेशनबाट संघको उपाध्यक्षमा लक्ष्मीलाल श्रेष्ठ, महासचिवमा तारानाथ अधिकारी, र सचिवमा टेकप्रसाद सापकोटा (बासु) विजयी हुनुुभएको हो ।

त्यसैगरी कोषाध्यक्षमा रुद्र प्रसाद सापकोटा र उपकोषाध्यक्षमा नवराज कँडेल निर्विरोध निर्वाचित हुनु भएको छ । सदस्यहरुको लागि भएको निर्वाचनमा मेघनाथ पौडेल, विनोद नेपाल र विजयी श्रेष्ठ विजयी हुनुभएको छ ।अध्यक्ष, कोषाध्यक्ष र उपकोषाध्यक्ष निर्विरोध निर्वाचित हुनु भएको हो भने अन्य पदका लागि निर्वाचन भएको हो ।