Namastebihani
images

युक्रेनको दोनेत्स्कमा शक्तिशाली विस्फोट हुँदा १३ जनाको मृत्यु

  • ४ आश्विन २०७९, मंगलवार ०७:०६

एजेन्सी : पूर्वी युक्रेनको दोनेत्स्क सहरमा भएका श्रृङ्खलाबद्ध शक्तिशाली विस्फोटनका कारण कम्तीमा १३ जना मानिसको मृत्यु भएको छ ।

पृथकतावादीहरूको नियन्त्रणमा रहेको यस सहरका मेयर एलेक्सेइ कुलेम्जिनले प्रत्याक्रमणको रूपमा युक्रेनी पक्षबाट भएको गोलाबारुद प्रहारका कारण उनीहरूको ज्यान गएको आरोप लगाएका छन् ।

युक्रेनी अधिकारीहरूले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । सन् २०१४ देखि दोनेत्स्क रुसका वैकल्पिक अधिकारीहरूको नियन्त्रणमा रहँदै आएको छ ।

उनीहरूले पटकपटक युक्रेनी फौजलाई सहरमाथि आक्रमणको तारो बनाउँदै आएको आरोप लगाउँदै आएका छन् ।