
चितवन : युवा उद्योगी तथा समाजसेवी गृहेन्द्र घिमिरेले प्रवल जनसेवा श्री पदक पाउने भएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेसहित ३२२ जनालाई प्रवल जनसेवा श्री पदकबाट सम्मान गर्ने घोषणा गरेकी हुन् ।
विगत लामोदेखि नेपाली कला संस्कृति संरक्षण र सम्बद्र्धनमा पुराएको अतुलनीय योगदानको कदर गर्दै यो सम्मान दिन लागिएको हो ।
घिमिरे गृष्मा ब्रोडकास्टिङका अध्यक्ष हुन् । उनले सप्तरङ्गी कार्यक्रम मार्फत सातै प्रदेशका आम मानिसहरुलाई भाषा, कला,संगीत र संस्कृतिको माध्यमबाट एकै सुत्रमा जोड्ने अभियान देशकैका लागि अनुकरणीय रहेको थियो ।
सरल, सहयोगी, निडर र हक्की स्वभावका घिमिरेले व्यवसायमा सफल युवा र समाजसेवीका रुपमा परिचित छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुसहित नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गरेकी छन् ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज विज्ञप्ति जारी गरेर मानपदवीतर्फ नेपाल रत्न एक, राष्ट्र गौरव तीन, सुप्रसिद्ध प्रबल नसेवाश्री एक, प्रसिद्ध प्रबल जनसेवाश्री १४, सुकीर्तिमय राष्ट्रदीप १७, सुप्रबल जनसेवाश्री एक सय ६५, कीर्तिमय राष्ट्रदीप छ, प्रबल जनसेवाश्री तीन सय २२, राष्ट्रदीप दुई, जनसेवाश्री दुई सय सातलाई विभूषण हुने जनाउएका छन् ।