Namastebihani
images

बाल्टिमोर क्षेत्रमा हिन्दु बुद्ध सरसफाई अभियान

  • ३ आश्विन २०७९, सोमबार १८:४८

अमेरिका : अमेरिका स्थित बाल्टिमोर क्षेत्रमा हिन्दु बुद्ध सरसफाई अभियान सम्पन्न भएको छ । बाल्टिमोर एसोसिएसन अफ नेपालिज इन अमेरिका (बाना) र लमजुङ्ग सेवा समाज अमेरिकाको अगुवाईमा हिन्दु बुद्ध सरसफाई अभियान सम्पन्न भएको हो ।

करिव ५० जना स्वयंमसेवकहरुको सहभागीतामा मन्दिर तथा मन्दिर वरपर सरसफाई गरिएको थियो। सरसफाईमा नियमित कार्य हो तर समाजका विभिन्न संघसस्थाले यो किसिमको अभियान चलाउदा समाजमा एकताको संदेश जाने लमजुङ्ग सेवा समाजका अध्यक्ष गणेश अधिकारीले बताए ।

विभिन्न समाजिक कार्यमा यहाँ मात्रै नभई मातृभूमि लमजुङ्गमा पनि गरिने उनले बताए ।  बानाका अध्यक्ष स्वोध विशाल पन्तले आफुहरु सामाजिक कार्यसगैँ नेपाली कला संस्कृती संरक्षणमा थप अग्रसर बन्ने बताए । आगामी दिनमा पनी सरसफाई र व्यवस्थापनको लागि बाल्टिमोर वरपर रहेका विभिन्न संघसस्थाले प्रतिवद्धता जनाएका छन ।