Namastebihani
images

माओवादीले बुझायाे बन्दसूची, महरासहित बाबुरामका पाँचजना समावेश

  • ३ आश्विन २०७९, सोमबार १८:३५

काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गरेको छ। माओवादी केन्द्रले सोमबार निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची पेस गरेको हो।

माओवादी केन्द्रले बन्दसूचीमा पदाधिकारीबाट उपाध्यक्ष कृष्णबहादुर महराको नामसमेत समावेश गरेको छ। महरा दाङ–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए। २०७४ सालको निर्वाचनमा उनी त्यही क्षेत्रबाट चुनाव जितेका थिए।

त्यस्तै, माओवादी केन्द्रले बाबुराम भट्टराईतर्फका पाँचजनाको नाम पनि बन्दसूचीमा समावेश गरेको छ।