
चितवन : ग्रेस इन्टरनेसनल चितवनको “यूके एण्ड क्यानाडा एडु फेयर २०२२“ आईतबार शहिदचोकको आफ्नै भवनमा सम्पन्न भएको छ। आईतबार बिहान १० बजेदेखि सुरु भएर ४ सम्पन्न उक्त शैक्षिक मेलामा ५०० भन्दा बढी विद्यार्थीले परामर्श लिएको ग्रेस चितवनका निर्देशक गणेश लामिछानेले बताए ।
युके र क्यानाडाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुले विद्यार्थीहरुको शैक्षिक योग्यताका आधारमा पाइने विभिन्न विषय छनोट तथा छात्रवृत्तिको बारेमा परामर्श लिएको ग्रेस इन्टरनेसनलका संस्थापक एन्ड्रयु पौडेलले बताउनुभयो ।
अष्ट्रेलियाको पछिल्लो समय लगाएको कडा प्रतिबन्धले गर्दा उच्च शिक्षा अध्ययनका निम्ति यूके र क्यानाडा जाने विद्यार्थीहरुको संख्या उल्लेखनिय रुपमा बढेकाले उचित सल्लाह र परामर्शले विद्यार्थीहरुले आफ्नो गन्तव्य पहिल्याउन सक्ने पनि पौडेलले बताउनु भयो। १६ वर्ष देखिको अनवरत उचित शैक्षिक परामर्श दिँदै आइरहेको ग्रेस इन्टरनेसनल शैक्षिक परामर्श दिने संस्थाहरुको अग्रणी स्थानमा पर्दछ। एसिया देखि अफ्रिका सम्म शाखा कार्यालय भएको ग्रेस इन्टरनेसनल अन्तराष्ट्रिय स्तरमै फैलिएर आफ्नो सेवा प्रदान गरिरहेको छ ।