
चितवन : योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल चितवनको संयोजकमा चयन हुनुभएको छ । वाईसीएल नेपालको हालै भाद्र ३ र ४ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय भेला पश्चात् केन्द्रीय सर्कुलर अनुसार सदरमुकाम भरतपुरमा भेलाले कडेँललाई संयोजकमा सर्वसम्मत चयन गरेको हो ।
जिल्ला कार्यसमितिमा संयोजकबाहेक सचिव रहने व्यवस्था भए पनि उक्त जिम्मेवारी भने जिल्ला भेलाबाट चयन भएको कार्यसमितिको बैठकले सचिव तोक्ने कडेँलले जानकारी दिनुभयो । संयोजक कडेँल यसअघि नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर समिति सदस्य तथा युवा नेता हुनुहुन्छ। विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाट ओैपचारिक राजनीति जीवनको सुरुवात गरि २०५९ सालमा तात्कालिन नेकपा (माओवादी) को सदस्यता लिएका कमल कडेंल माओवादी भित्र लोकप्रिय युवा नेताका रुपमा परिचित छन उनी सफल युवा व्यवसायी पनि हुनुहुन्छ।
वाईसीएलको विभिन्न तह र तप्कामा बसेर भूमिका निभाईसकेका कडेंलले पछिल्लो समय २ कार्यकाल वाईसिएल नेपालको वाग्मती प्रदेश समितिमा रहेर पनि कार्यसम्पादन गरिरहनु भएको छ । कार्यकारी जिम्मेवारीमा आउन धेरै चाहाना नदेखाउने युवा नेता कमल कडेंललाई आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको समयमा कार्यकारी जिम्मेवारी दिईएको छ।
फेसबुकमा स्टाटस लेख्दै कमल कडेंलले लेखेका छन, पार्टी संगठन र आन्दोलनमा जोडिएको करिब २० बर्षपछि, हाम्रो गौरवशाली संगठन वाईसीएल नेपाल चितवन जिल्ला संयोजकको कार्यकारी जिम्मेवारी पाएको छु। विगतमा कार्यकारी जिम्मामा नहुंदा पनि सधैंभरि अविचलित पार्टी र आन्दोलनको रक्षा एवं विकासका खातिर अग्रमोर्चा उभिएकै थिएँ। मलाई विश्वाश गरेर यो जिम्मेवारी प्रदान गर्नुहुने वाईसीएलका केन्द्रीय नेता कमरेडहरु एवं पार्टीका नेता कमरेडहरु, चितवनका सहयोध्दा एवं शुभेच्छुक सम्पुर्ण कमरेडहरु प्रति हार्दिक आभार ब्यक्त गर्देै, सबैलाई समेट्दै बलियो संगठन निर्माण गर्न दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु।
त्यसैगरि वाईसीएल चितवनका साविक जिल्ला ईन्चार्ज साजन अधिकारीले वाग्मती प्रदेश संयोजक र रामनगर निवासी अनुभवी युवा नेता भानु न्यौपानेले चितवन जिल्ला ईन्चार्जको जिम्मेवारी प्राप्त गर्नुभएको छ।