Namastebihani
images

धनगढीको रनवेमा स्याल, सौर्यको जहाजलाई तनाब

  • ३१ भाद्र २०७९, शुक्रबार १७:०९

धनगढी : धनगढी विमानस्थलको रनवेमा स्याल देखिएपछि सौर्य एयरलाईन्सको जहाजले आकाशमा एकफन्को लगाएको छ । शुक्रबार काठमाडौंबाट धनगढी आएको जहाजले धनगढीको आकाशमा एकफन्को लगाएको विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले बताएका छन् ।

रनवेमा केही कुरा देखिएपछि पाइलटलाई टावरबाट तत्काल अवतरण नगर्न भनिएको थियो । टावरको निर्देशनमा सौर्य एयरलाईन्सको जहाजका पाइलटले सोहीअनुसार जहाजलाई एकफन्को लगाएका थिए । जहाज बिहान ११ बजेर ५५ मिनटमा काठमाडौंबाट धनगढी उडेको थियो । १२ बजेर ५५ मिनटमा अवतरण गर्दा धावन मार्गमा स्याल देखिएको थियो । स्यालका कारण सौर्यको जहाजले धनगढीको आकाशमा करीव दुई मिनेटसम्म फन्को लगाएको थियो ।

जोशीले धावन मार्गमा एक्कासि स्याल छिरेकाले दुई मिनेट ढिलो गरेर जहाज सुरक्षित अवतरण गरिएको बताएका छन् । जहाजमा कुनै प्राविधिक समस्या थिएन । स्यालका कारण यात्रु र कर्मचारीहरूले तनाव लिनुपरेको छ ।