Namastebihani
images

अज्ञात रोगले विरामी भएकी सरिमाया चेपाङको स्वास्थ्य उपचारमा समस्या

  • ३० भाद्र २०७९, बिहीबार ०९:११

चितवन : इच्छाकामना गाउँपालिका वडा नं. १ की सरिमाया चेपाङको आर्थिक अभावका कारण स्वास्थ्य उपचारमा समस्या भएको छ । तार्सिलिङमा स्थायी बसोबास गर्दै आएकी २९ वर्षिया सरिमाया चेपाङलाई छाला सम्बन्धि रोगले ग्रसित बनाएको छ । आर्थिक अभावका कारण स्वास्थ्य उपचारमा समस्या भएपछि उनको परिवारले आर्थिक सहयोगका लागि याचना गरेका छन् । हाल उनको काठमाडौ शिक्षण अस्पताल माहाराजगन्ज मा उपचार भैरहेको छ

यो रोग अहिलेसम्म नेपालमा तीनचार जनामा मात्रै देखिएको डाक्टर हरुले बताएका छन् उनलाई अहिले तत्काल दुइवटा सुइ लगाउन पर्ने एउटा सुइको मूल्य ४५००० पर्ने छ यो सुई लगाएपछि फृेरि एक हप्तामा एउटा र ६ महिना पछि अर्को दुई लगाउन पर्ने चिकित्सकहरुले बताएका छन् ।

परिवारको आर्थिक अवस्था दयनीय भएका कारण उनको स्वास्थ्य उपचारमा यतिधेरै रकम जुटाउन समस्या छ । जीवन र मृत्युसँग संघर्षगर्दै गरेकी सरिमाया चेपाङले आफुलाई आर्थिक सहयोग गरेर बचाईदिन सबैसँग अपिल गरेकी छिन् । उनको स्वास्थ्य उपचारको क्रममा सुई किन्न मात्रै १ लाख ८० हजार रुपैयाँ चाहिन्छ ।  उनको स्वास्थ्य उपचारका लागि स्थानीय स्वास्थ्यकर्मी लगायत पदमपुरका केही युवाहरुले आर्थिक सहयोग दिएपनि प्रयाप्त नभएको सरिमायाको परिवारले बताएका छन् ।