Namastebihani
images

तीनवर्षका लागि गुप्तचर प्रमुख बने एआईजी हुतराज थापा

  • २८ भाद्र २०७९, मंगलवार १०:५८

देशको एकमात्र बाह्य गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि) को मुख्य अनुसन्धान निर्देशक (प्रमुख) मा हुतराज थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको हो।

हालका प्रमुख यदुलाल खरेलले मंगलबारदेखि अवकाश पाउने भएपछि बुधबारदेखि लागू हुने गरी थापाको नियुक्ति भएको हो।

थापा विभागमा वरिष्ठतम अतिरिक्त मुख्य अनुसन्धान निर्देशक थिए। उनले तीन वर्ष गुप्तचर विभागको नेतृत्व गर्नेछ ।

उनीसँगै प्रमुखको प्रतिस्पर्धामा ओम जोशी थिए। त्यस्तै, रिक्त भएको अतिरिक्त मुख्य अनुसन्धान निर्देशनको पदमा टेकेन्द्र कार्कीको बढुवा भएको छ।