
पोखरा : पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा शोभा गौतम भारी मतान्तरले विजयी भएकी छन् । गौतम आफ्ना प्रतिस्पर्धी भन्दा ९९७ मतान्तरले विजयी भएकी हुन् ।
गौतमले १७ सय ५५ मत प्राप्त गर्दा प्रतिस्पर्धी हर्क अधिकारीले ७५८ मत प्राप्त गरे । विजयी गौतम पवन प्रजापति प्यानलबाट उपमहासचिवमा निर्वाचन लडेकी हुन् ।