Namastebihani
images

प्रदेश सासंदमा उदायमान युवा नेता ‘निर्मल राज पौडेल सिफारिस

  • २६ भाद्र २०७९, आईतवार १७:४५

चितवन : उदायमान युवा नेता ‘निर्मल राज पौडेलले’ पनि चितवन निर्वाचन क्षेत्र नम्वर २ को प्रदेश (ख) बाट प्रदेश सासंदका लागि सिफारिस हुनुभएको छ । युवा नेता निर्मल राज पौडेललाई प्रदेश सासंदमा नेपाली काङ्ग्रेस चितवनले नाम सिफारिस गरेको हो ।

वीरेन्द्र बहुमुखी क्याम्पसबाट नेपाल विद्यार्थी संघ (नेविसंघ)को राजनीति २०५२ बाट सुरु गर्दै पार्टी राजनीतिमा होमिनुभएको पौडेल निरन्तर सक्रिय राजनितिमा हुनुहुन्छ । विद्यार्थीको केन्द्रिय सदस्य हुदै चितवन जिल्ला पार्टी सचिवमा समेत उम्मेद्बारी प्रस्तुत गरेर डेढ दशक भन्दा लामो समय देखि विद्यार्थी राजनीति गनुभएको पौडेलले ‘विभिन्न पदमा रहेर महत्त्वपूर्ण भूमिका पार्टीको लागि निर्वाह गनुभएका पौडेलले अहिले शिक्षामा एमफिल र समाज शास्त्रमा मास्टर्स गरिसक्नुभएको छ ।
पौडेलले भनुहुन्छ ‘अबको नेतृत्व शिक्षित वर्ग अग्रजलाई सम्मान गर्ने युवा नेतृत्व आवश्यको छ भन्ने उहाँको तर्क छ । पार्टीले पनि अब युवालाई नेतृत्व हस्तान्तरण गर्नु पर्ने अवस्था आएको छ पार्टी भित्र युवा शक्ती हुदाँहुदै योग्य व्यक्तिलाई रोक्ने प्रयत्नले गर्दा आज स्वतन्त्र उमेदवारहरु जन्मने क्रमले क्रमश पार्टीहरु स्खलित हुदै गरेको परिप्रेक्ष्यमा काङ्ग्रेसले यस बारे गहन छलफल चलाउनु पर्ने बताउनु हुन्छ ।
आफु आज सम्म निष्पक्ष सन्तुलित विचार, सहयोगी बानी, कतै आर्थिक कुरामा नफसेको उहाँको विचार छ । त्यसकारण मैले उम्मेदवारी दिने घोषणा गरेको हुँ जिल्ला पार्टीले समेत मलाई योग्य भनेको छ, जनताको पुर्ण समर्थन छ केन्द्रिय तहले न्याय गर्छ भन्नेमा पुर्ण विश्वस्त छु।
उहाँले आफूलाई पार्टीले टिकट दिए निर्वाचन सहजताका साथ जित्ने कुरामा कुनै दुविधा नरहेको र प्रतिपक्षि पार्टीहरुले समेत आफ्नो उम्मेद्बारीको बढो गहन साथ हेरिरहेको समेत बताउनु भएको छ ।