Namastebihani
images

खल्तीबाट सिफारिश भएका उम्मेदवार मान्य हुँदैन : प्रचण्ड

  • २१ भाद्र २०७९, मंगलवार १८:१७

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिश गर्दा कसैले खल्तीबाट सिफारिश गरे मान्य नहुने बताएका छन्।

सुदूरपश्चिम प्रदेशको पार्टी प्रशिक्षणमा मंगलबार उनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि पार्टीबाट नाम सिफारिश गर्दा कसैले पनि आफ्नो खल्तीबाट सिफारिश गरेको भए त्यो पार्टीलाई मान्य नहुने प्रष्ट पारेका हुन्।

उनले तल्लो तहबाट भएको सिफारिश पार्टीले संस्थागत रूपमा गर्नुपर्ने बताए। उनले भदौ २३ गतेसम्म सबै उम्मेदवारको नाम सिफारिश गरिसक्न निर्देशनसमेत दिए।