Namastebihani
images

प्रतिनिधि सभा समानुपातिक सासंदमा चितवन क्षेत्र नं ३ बाट खेमबहादुर दर्जी सिफारिस

  • २१ भाद्र २०७९, मंगलवार १७:३०
चितवन : नेकपा (माओवादी केन्द्र) को तर्फबाट प्रतिनिधि सभा समानुपातिक सदस्यमा चितवन क्षेत्र नं ३ बाट खेम बहादुर दर्जिको नाम सिफारिस भएको छ ।२०५६ साल देखि पार्टीमा सक्रिय रहेका दर्जी विभिन्न कालखण्डको नेपालको दलित आन्दोलनहरुमा अग्र स्थानमा रहदै आएका छन ।नेकपा माओवादी केन्द्रको बागमती प्रदेश सदस्य रहेका दर्जी नेपाल दलित मुक्ति मोर्चाको केन्द्रिय सचिवालय सदस्य र बागमती प्रदेश वरिष्ठ सह संयोजक हुन ।
अन्तरिम सरकारमा दलित वर्ग उत्थान जिल्ला समन्वय समिति चितवनको उपाध्यक्ष समेत रहेर काम गरेका उनले तात्कालिक नेकपा माओवादी केन्द्र सरकारमा रहदा ल्याएको जनता आवास कार्यक्रमको सह संयोजकको भुमिकामा थिए । मणिपुर विश्वविद्यालय , भारतबाट बि.कम सम्मको शिक्षा लिएका उनी चितवनका बौद्धिक नेताको रुपमा परिचीत छन ।
माओवादीको दश बर्षे जनयुद्ध कालमा भरतपुर ब्यारेक नजिक रहि विशेष भुमिका निर्वाह गरेका दर्जि संयुक्त राष्ट्र संघ मानव अधिकार आयोगसंगको सहयोगमा मानव अधिकारका घटनाहरुलाई संयुक्त राष्ट्र संघमा रिपोर्टिङ गर्दै मानव अधिकार उल्लंघनका घटनाहरु न्युनिकरण गर्नका लागि सहयोगीको भुमिका खेलेका थिए । जनआन्दोलन २०६२/६३मा सकृया सहभागि उनि विभिन्न दलित आन्दोलनहरुमा संयुक्त रुपमा नेतृत्व गर्दै आएका छन ।