Namastebihani
images

लिज ट्रस बनिन् बेलायतकी नयाँ प्रधानमन्त्री

  • २० भाद्र २०७९, सोमबार २२:५६

एजेन्सी : लिज ट्रस संयुक्त अधिराज्य बेलायतको नयाँ प्रधानमन्त्री निर्वाचित भएकी छन् । सोमवार सत्तारूढ कन्जर्भेटिभ पार्टीले घोषणा गरेको परिणामअनुसार ट्रस विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी पूर्व अर्थमन्त्री ऋषि सुनक हुन् ।

ट्रसले ८१ हजार ३२६ मत पाएकी छन् भने ऋषि सुनकले ६० हजार ३९९ मत पाए । बहालवाला प्रधानमन्त्री बोरिस जोनसनले गत जुलाई ७ मा पार्टी प्रमुखबाट राजीनामा दिएका थिए ।

अनेकौं विवादमा घेरिएपछि उनी पदमा बसिरहन सकेनन् । बेलायतमा सत्तारूढ दलका प्रमुख स्वतः प्रधानमन्त्री हुने व्यवस्था छ ।

नयाँ प्रधानमन्त्री ट्रसलाई बेलायतमा बढ्दो महंगीले निम्त्याएको समस्या सम्हाल्न निकै गाह्रो पर्ने बताइएको छ ।