
चितवन : चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटार, धारापानीस्थित त्रिशुली नदीमा एक बालक बेपत्ता भएका छन् । आज (सोमबार) दिउँसो ३ः३० बजेको समयमा त्रिशुली नदीमा नुहाउन गएका वीरगञ्ज महानगरपालिका–२१ मनोहर घर भई हाल कुरिनटारमा लेबर काम गर्दै आएका कृष्णप्रसाद यादवका १२ वर्षीय छोरा अक्लेश यादव नदीमा बेपत्ता भएका हुन् ।
अक्लेश नदी किनारमा पौडी खेल्ने क्रममा बेपत्ता भएको जानकारी पाएपछि प्रहरी र शसस्त्र प्रहरी बलको गोताखोरसहितको टोलीले खोजी गरिरहेको चितवन प्रहरीले जनाएको छ ।