
चितवन : चितवनका पोल्ट्री व्यवसायी तथा माओवादी केन्द्रका प्रदेश समितिका सल्लाहकार ज्ञानबहादुर विसुराल चितवन क्षेत्र नं १ “ख” बाट सिफारिस भएका छन् ।
माओवादी केन्द्र क्षेत्र नं १ क्षेत्रीय समितिको बैठकले विसुराल सहित नेताहरुको नाम प्रदेश सभा निर्वाचनको लागि सफारिस गर्ने निर्णय गरेको हो । “ख” का लागि विसुराल सहित माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य इश्वरी भट्टराई, प्रदेश सांसद तथा केन्द्रीय सदस्य कञ्चन खनालको पनि नाम सिफारिस गरिएको छ ।
लामो समय देखि पोल्ट्री व्यवसायी व्यवसाय गर्दै आएको विसुराल रत्ननगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हुन । नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय उपाध्यक्ष, नेपाल कुखुरा व्यवसायी मञ्च उपाध्यक्ष, अविरल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विसुराल शिखर पोल्ट्री अफ ग्रुपका सञ्चालक हुन । उनले चितवन र दाङमा कुखुरा,अण्डा र चल्ला उत्पादन गर्दै आएका छन् । विसुराल २०४७ सालदेखि राजनीतिमा क्रियाशिल थिए ।