Namastebihani
images

अखिल क्रान्तिकारीका नेता चितवन १ बाट प्रतिनिधिसभामा सिफारिस

  • २० भाद्र २०७९, सोमबार २२:१७

चितवन : चितवन क्षेत्र नं १ बाट २८ वर्षका अखिल क्रान्तिकारीका नेता ओमकृष्ण थपलिया प्रतिनिधिसभामा सिफारिस भएका छन् । उनी अखिल क्रान्तिकारी खैरहनी नगर कमिटीका इन्चार्ज हुन् ।

उनी प्रतिनिधिसभाको लागि सिफारिस भएकामध्ये सबैभन्दा कान्छो हुन् । उनले भने, ‘चितवन क्षेत्र नं १ मा प्रतिनिधि सभाको लागि मओवादी केन्द्रको तर्फ़बाट सिफारिस हुन पाउँदा अत्यन्तै खुसी भएको छु ।’

उनी विद्यार्थी हकहितको लागि निरन्तर लाग्दै आएका युवा नेता हुन् । युवालाई रोजगार, निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य र कृषि क्षेत्रमा आत्मनिर्भर हुनुपर्छ भन्ने अभियानमा लागेका युवा नेता थपलिया खैरहनी नगरपालिका निवासी हुन् ।

उनी विद्यार्थी कालदेखि नै सक्रिय राजनीति गर्दै आएका छन् ।  उनले भने, ‘मलाई योग्य उमेदवार बन्न सक्छ भन्ने उद्देश्यले सिफारिस गर्न पार्टीले सहयोग गरेकोमा म धेरैधेरै धन्यवाद दिन्छु ।’