Namastebihani
images

चितवन १ मा माओवादी केन्द्रका यी नेताको सिफारिस

  • २० भाद्र २०७९, सोमबार २१:५४

चितवन : चितवन १ मा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधि सभाको लागि तीन जना सिफारिस भएका छन् । केदारप्रसाद खरेल, ओमकृष्ण थपलिया र बासु चापागाईँ प्रतिनिधि सभाको लागि चितवन १ बाट सिफारिस भएका हुन् ।

यस्तै समानुपातिकमा कल्पना मिया, गोपीकृष्ण श्रेष्ठ, दण्डमाया रोकाय सिफारिस भएका हुन् । चितवन १ (क) बाट भावना सुवेदी, मानबहादुर स्याङबो र रामजी कँडेल सिफारिस भएका छन् । चितवन १ (ख) मा ईश्वरी भट्टराई, कञ्चन खनाल, ज्ञानबहादुर बिसुराल सिफारिस भएका छन्।

समानुपातिकमा बिमला बराइली, भरतलाल चेपाङ, लक्ष्मी ढकाल, रामबहादुर तामाङ, संगीता भट्टराई, लक्ष्मी नेपाली सिफारिस भएका भरतपुर महानगर इन्चार्ज ईश्वर सापकोटा सुमनले जानकारी दिए ।