Namastebihani
images

नेकपा चितवनको ११ बुँदे माग सार्वजनिक

  • २० भाद्र २०७९, सोमबार २१:५०

चितवन : नेपाल कम्युनिष्ट पार्टी चितवनले ११ बुँदे मागहरु सार्वजनिक गरेको छ । यही भदौ १७ गते सकिएको ९ औँ जिल्ला सम्मेलनले ११ बुँदे समसामयिक प्रस्तावहरु पास गरेको जिल्ला सेक्रेटरी रुद्र भट्टराईले जानकारी दिए । नारायणगढमा पत्रकार सम्मेलन गर्दै ११ बुँदे मागहरु सम्बोधन नभए संघर्ष गर्ने चेतावनी उनले दिएका छन् ।

सरकारसँग भएका ३ बुँदे सहमति लागु हुनुपर्ने, एसपीपी, एमसीसी सम्झौता नागरिकता विद्येयक खारेज हुनुपर्ने, चितवनको कृषियोग्य जमिनमा भएको जग्गा प्लटिङ खण्डीकरण बन्द हुनुपर्ने, मिटर व्याज कारोबारीलाई कारावाही हुनुपर्ने लगायत ११ बुँदे मागहरु सार्वजनिक गरिएको हो ।