
चितवन : आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष सुरेशचन्द्र अधिकारी चितवन क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिस हुनुभएको छ । अधिकारी भरतपुर महानगरपालिकाका प्रेस सल्लाहाकार समेत हुनुहुन्छ । प्रेस सेन्टर नेकपा माओवादी निकट पत्रकारको संगठन हो ।
नेकपा माओवादी केन्द्र पार्टीको २ नम्बर क्षेत्रिय निर्वाचन परिचालन समितिको बैठकले अधिकारीको नाम सिफारिस गरेको हो । प्रेस सेन्टर चितवनको संस्थापनक अध्यक्ष रहनु भएका अधिकारी लामो समयदेखि पत्रकारितामार्फत पार्टी राजनीतिमा सक्रिय हुनुहुन्छ । प्रष्ट वक्ता र खरो स्वाभावका अधिकारी जनयुद्धकाका बेला राज्यद्धारा गिराफ्तारमा परी पटक¬ पटक गरी १४ महिना जेल जीवन बिताउनु भएको थियो । चितवनका युवामाझ लोकप्रिय अधिकारीले पार्टीले प्रदेश सांसदको टिकट दिए सहज जित हासिल गर्ने बताउनुभयो ।
प्रतिनिधि सभा निर्वाचनका लागि चितवन क्षेत्र नम्बर ३ को लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक मतले सिफारिस भइसक्नु भएकोक छ ।
यस्तै क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा समानुपातिक सांसदका लागि माओवादी केन्द्रका केन्द्रीय सदस्य ज्ञानु बस्नेत, माओवादी नेताहरु रणेन्द्र बराली, डा बुद्धि नेपाली र खेम दर्जी सिफारिस हुनु भएको छ ।