
चितवन : मंसिर ४ मा हुने संघिय निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेस चितवनका निवर्तमान सभापती जीतनारायण श्रेष्ठको नाम सिफारीस गरेको छ । क्षेत्रीय समितिले आज श्रेष्ठ सहित ५ जनाको नाम सिफारिस गरेको हो श्रेष्ठलाई उच्च प्रथामिकतामा राखेर नाम सिफारीस गरिएको क्षेत्रीय सचिब निर्मलकुमार रानाले जानकारी दिनुभयो । महामन्त्री गगन थापाको जस्तो वाककला भएका श्रेष्ठले आफ्नो राजनैतिक यात्र नेपाल बिध्यार्थी संघबाट सुरु गर्नु भएको हो । युवा पुस्तामा रुचाईएका श्रेष्ठले यश अघि चितवन क्षेत्र नम्बर २ क बाट प्रत्यक्ष निर्वाचन लड्नु भएको थियो ।
एमाले र माओबादिको गठवन्धनका कारण उपबिजेता वन्नु भएका श्रेष्ठलाई अहिले संघिय निर्वाचनका लागि उम्मेदवारी सिफारीस गरिएको हो । चितवन क्षेत्र नम्वर २ मा टिकट पाउने प्रवल दाबेदारका रुपमा रहनु भएमा श्रेष्ठ नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति समेत रहनु भएको छ ।