
चितवन : जिल्ला ट्राफिक कार्यालय चितवनले टिकौली जंगलमा सचेतना बोर्ड राखेको छ । कार्यालयले सवारी दुर्घटना न्युनिकरण गर्न सडक छेउछाउमा बोर्ड राखेको हो । धेरै दुर्घटना हुन सक्ने जंगल एरियामा सवारी चालकलाई सचेत गराउन गति सिमित, वन्यजन्तु संरक्षण, नो ओभरटेक र नो मोबाइलफोन जस्ता सचेतना बोर्ड राखिएको जिल्ला ट्राफिक कार्यालय चितवनले बताएको छ ।