
चितवन : युवा नेता प्रकाश कंडेलले चितवन क्षेत्र न. ३ अन्तर्गत प्रदेश सभा ‘क’ को प्रत्यक्ष तर्फ सांसद उम्मेदवारमा सिफारिस भएका छन् । माओवादी केन्द्र पार्टीको आइतबार बसेको क्षेत्रीय निर्वाचन परिचालन समिति बैठकले प्रकाश कंडेलको नाम सांसद उम्मेदवारमा सिफारिस गरेको हो ।
राजनीति, व्यवसाय र समाजसेवालाई एक साथ प्रस्तुत गरेका कडेँलले माओवादी केन्द्र भरतपुर महानगरका कमिटिका सहसचिव हुन् । विद्यार्थीकाल देखि माओवादी आन्दोलनमा सरिक कडेँलले पार्टीका विभिन्न गतिविधिहरुलाई सशक्त बनाउन सक्रिय छन् । कडेँल युवा नेता मात्र नभई उनले व्यवसाय र समाजसेवालाई पनि एकैसाथ सक्रियता पूर्वक अगाडी बढाएका छन् ।
सरल, सहयोगी, निडर र कुशल नेतृत्वकर्ताको पहिचान बनाएका पूर्व विद्यार्थी नेता कडोल अखिल क्रान्तिकारीका पूर्व केन्द्रिय सचिव समेत हुन् ।