Namastebihani
images

पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई मातृशोक

  • १९ भाद्र २०७९, आईतवार १७:१२

चितवन : पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई मातृशोक परेको छ । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका बादलकी माता नन्दकुमारी थापामगरको आज बिहान ७ बजे ९४ वर्षको उमेरमा निधन भएको छ । थापा मगरको भरतपुर २ क्षेत्रपुरमा आफ्नै निवासमा निधन भएको नेकपा एमाले चितवनले जनाएको छ । आज उनको पार्थिव शरीरको देवघाटधाममा अन्त्येष्टी गरिएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नन्दकुमारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।