
काठमाडौं : काठमाडौं उपत्यकामा ६० लाख माथि जनसंख्या छ । त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् तर ४० लाख मानिसले अझैपनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो । त्यही फुटपाथ पनि अतिक्रमणको लागि हानाथाप हुन्छ ।
दृष्टि भएकाहरुलाई त प्रयोग गर्न कठिन हुने सडकपेटी दृष्टिविहीनका लागि कस्तो होला ? यो मननयोग्य विषय हो । समग्रमा भन्दा काठमाडौं उपत्यकाका सडकपेटीहरु सुरक्षित भइ ढुक्कसँग हिँड्न योग्य छैनन् । देशको संघीय राजधानी शहर काठमाडौंमा चिल्ला सडक, सफा अनि ह्विलचियर र दृष्टिविहीनहरुका लागि आरामले हिँड्न मिल्ने सुविधासम्पन्न फुटपाथ हुनुपर्ने हो । तर संघीय राजधानीको अवस्था त्यस्तो छैन ।












