Namastebihani
images

भरतपुर महानगरपालिका बर्षकै उत्कृष्ट स्थानीय निकाय बन्न सफल

  • १८ भाद्र २०७९, शनिबार १९:३२

चितवन : भरतपुर महानगरपालिका उत्कृष्ट बर्ष स्थानीय निकाय छनौटमा पर्न सफल भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९ औ बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा स्थानीय निकाय तर्फ भरतपुर महानगरपालिका उत्कृष्ट बर्ष स्थानीय निकाय छनौटमा पर्न सफल भएको हो ।

राखेपले शनिबार त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री तथा राष्ट्रिय खेलकुद परिषद्का सरक्षक शेर बहादुर देउवाले भरतपुर महानगरपालिका उत्कृष्ट बर्ष स्थानीय निकाय छनौटमा पर्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना सहित सम्मान गर्नु भएको हो।देशका ७ सय ५३ स्थानीय तह मध्ये भरतपुर महानगरपालिकाले खेल क्षेत्रको बिकासका लागी धेरै बजेट बिनियोजन गरेको हुँदा भरतपुर महानगर उत्कृष्ट बर्ष स्थानीय निकाय छनौटमा पर्न सफल भएको हो । भरतपुर महानगरले खेल क्षेत्रको बिकासको लागी ९ करोड ४७ लाख रुपैयाँ बिनियोजन गरेको थियोे ।
कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले भिडियो सन्देश मार्फत चितवनलाई खेल पर्यटन कै रुपमा बिकास गरिनेमा जोड दिनु भयो । भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरको तर्फबाट सम्मान ग्रहण गर्नु भएको हो ।