Namastebihani
images

आयाम युवा समाजले प्रथम कालिका कप खुल्ला नकआउट फुटबल प्रतियोगिता गर्ने

  • १८ भाद्र २०७९, शनिबार १९:१८

चितवन : पूर्वी चितवनको कालिका नगरमा प्रथम कालिका कप खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७९ हुने भएको छ । आयाम युवा समाज कालिका वडा नं. ३ को आयोजनामा असोज २ गतेदेखि प्रतियोगिता सुरु हुनेछ ।

थारु महिलाहरुको जितिया पर्व र विजयी दशमीको अवसरमा परेर आयोजना गरिएको प्रतियोगितामा पहिलो हुने टिमले दुई लाख १० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ भने, दोश्रो हुने टिमले १ लाख ५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने समाजका खेल संयोजक नरेन्द्र गिरीले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुने टिमले ८ हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ ।

यस्तै उत्कृष्ट खेलाडी, गोल रक्षक र सर्वाधिक गोलकर्ता समेत नगद पुरस्कार दिने उनले बताए । टिम दर्ताका लागि यहि भदौँ २८ गते अन्तिम समय तोकिएको छ । भने खेल कालिका ३ स्थित वनकटा खेल मैदानमा हुनेछ ।