Namastebihani
images

कालिका नगरका स्काउटर र विद्यार्थीहरुलाई सामुदायिक विपद् प्रतिकार्य तालिम

  • १८ भाद्र २०७९, शनिबार १८:५७

चितवन : पूर्वी चितवनको कालिका नगरमा कालिका नगर स्काउटको आयोजना तथा श्री न. २ विपद् व्यवस्थापन गणको सहयोग र समन्वयमा सञ्चालित ३ दिने सामुदायिक विपद् प्रतिकार्य तालिम सकिएको छ ।
तालिमको एक समारोहका विच कालिका नगरका नगर प्रमुख विनोद रेग्मीले उद्धघाटन गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै नगरमा उनले विपद्का घटनामा तत्कालै सहज उद्धार तथा खोजका दागि तालिम उपयोगी भएको बताए । यस्तै उनले यस स्थानिय तहमा आउने बिपद व्यवस्थापनमा नगर स्काउटको महत्वपूर्ण भुमिका रहनु पर्नेमा जोड दिए । हरेक बिपद व्यवस्थापनमा कालिका नगरपालिकाको सहयोग र समन्वय कालिका स्काउटलाई सधै रहने प्रतिवद्धता जनाए ।
कार्यक्रममा विशिष्ट अतिथि प्रमुख सेनानी मन बहादुर लामाले बिपदको बारेमा जानकारी दिँदै बिपद व्यवस्थापनमा नेपाली सेनाको भुमिकाबारे स्पष्ट पार्नु हुदै कालिका नगर स्काउटको यस कार्यलाई धन्यवाद पनि दिए ।
समुदायिक प्रतिकार्य तालिम लिनका लागि कालिका नगर स्काउट सदस्यहरु, कलिका नगर स्काउट सदस्यहरु, विभिन्न बिद्यालयका विद्यार्थीहरु र स्थानिय युवाहरु गरि ४१ जनाको सहभागिता रहेको कालिका स्काउट संयोजक सन्तोष लामिछानेले जानकारी दिए ।
कार्यक्रममा कालिका नगरपालिकाका नगर उपप्रमुख तथा कलिका नगर स्काउट प्रमुख बिमला लामा, विशिष्ट अतिथि श्री न. २ विपद् व्यवस्थापन गणका गणपति प्रमुख सेनानी मन बहादुर लामा, कालिका वडा नं ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, भरतपुर महानगरपालिका स्काउट संयोजक शिव प्रसाद बराल, भरतपुर महानगरपालिका स्काउट सदस्य जनार्दन ढकाल, प्रशिक्षक सह सेनानी केशव राज धामी कालिका नगर स्काउट सल्लाहकार सदस्य नारायण आचार्य, श्री न।२ विपद् व्यवस्थापन गणका प्रशिक्षक लगायतको सहभागी थियो ।
तालिममा विपद्का वेला गरि उद्धारको प्रयोगात्मक अभ्यास समेत गराईएको थियो ।