Namastebihani
images

मोरङमा युवती र महिलामाथि सामूहिक बलात्कार,तीन पक्राउ

  • १८ भाद्र २०७९, शनिबार १३:१७

विराटनगर : मोरङका अलगअलग स्थानमा युवती र महिलामाथि सामूहिक बलात्कार भएको छ। विराटनगर महानगरपालिका र जहदा गाउँपालिकामा सामूहिक बलात्कार भएको हो । जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार विराटनगरमा किशोरी र जहदामा महिलामाथि सामूहिक बलात्कार भएको छ ।

विराटनगर महानगरपालिका–१४ जतुवाको महतो टोलस्थित नहरमा १८ वर्षीया युवतीमाथि ५ जनाको समूहले सामूहिक बलात्कार गरेको मोरङ प्रहरीले जनाएको छ । केटा साथीसँग गफ गरेर बसिरहेका बेला मादक पदार्थ सेवन गरेर पुगेको समूहले किशोरीलाई कुटपिट गरी सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरीमा परेको छ ।

राति ९ः३० बजेतिर आएका पाँच जनाको समूहले दुवै जनालाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए ।पीडितले किटानी जाहेरी दिएपछि विराटनगर–१४ का २९ वर्षीय सन्तोष मण्डल पक्राउ परेका छन् । घटनामा संलग्न अरु चार जना फरार छन् ।

फरारको खोजी भइरहेको प्रहरीले बताएको छ । त्यस्तै मोरङको जहदा गाउँपालिका–७ मा पनि एक महिलामाथि सामूहिक बलात्कार गरिएको छ। घरमा सुतिरहेकी अन्दाजी ३५ वर्षीया महिलालाई चिनजानकै दुई युवाले काम छ भन्दै बोलाएर खेतमा पुर्‍याएपछि सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ

। घटना सार्वजनिक हुनेवित्तिकै बलात्कारमा संलग्न जहदा–७ का अन्दाजी २४ वर्षीय डोमा भनिने राहुल साह र २८ वर्षीय सञ्जय सोरेनलाई प्रहरीले पक्राउ गरेको छ ।