Namastebihani
images

कालिका नगरको वडा नं. ३ मा सुविधासम्पन्न कभर्ड हल मन्त्री दाहाल र ढकालद्धारा उद्धघाटन (भिडियो)

  • १७ भाद्र २०७९, शुक्रबार १८:५३

चितवन : पूर्वी चितवनको कालिका नगरपालिका सुविधासम्पन्न कभर्ड हल सञ्चालनमा आएको छ । कालिका नगरमा खेलकुद क्षेत्रको विकास गर्न पहिलो पटक वडा नं. ३ स्थित पदमपुर हरियाली टोलमा क्षेत्रिय कभर्ड हल उद्धघाटन गरिएसगैँ सञ्चालन आएको हो । वागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको १ करोड ३६ लाख ४८ हजार ६ सय ८७ रुपैयाँ लगातमा निर्माण सम्पन्न गरिएको कालिका वडा नं. ३ का वडा अध्यक्ष वीरेन्द्र तामाङले जानकारी दिए । कभर्ड हल बनाउनका लागि श्रम मन्त्री दाहालको विशेष पहलले सार्थकता पाएको भन्दै वडा अध्यक्ष तामाङले धन्यवाद दिएका थिए । साथै उनले अब विभिन्न खेलका खेलाडीहरु उत्पादनमा सहज भएकोमा खुसी समेत व्यक्त गरे ।
प्रदेश सरकारले चितवनको ग्रामिण क्षेत्रको रुपमा रहेको कालिका नगरमा पहिलो पटक खेल क्षेत्रको विकासका लागि महत्वपूर्ण रहेको भन्दै स्थानियहरु हर्षित भएका छन् ।
क्षेत्रिय कभर्ड हलको वागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल र युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले संयुक्त रुपमा उद्धघाटन गरेका थिए । उद्धघाटन गरे लगतै मन्त्री दाहाल र ढकालले सोही वडाका वडा अध्यक्ष वीरेन्द्र तामाङको कभर्ड हल हस्तान्तरण गरेका थिए ।
सो अवसरमा बोल्दै श्रम मन्त्री दाहालले प्रदेश सरकारले एक पालिका एक कर्भड हल निर्माण गदै खेल क्षेत्रको विकासमा आफुहरु अगाडी बढेको बताए । उनले आफ्नो निर्वाचन क्षेत्रमा पूर्वधार निर्माणलाई जोड दिएको भन्दै आवश्यकताका आधारमा पुल, कलर्भड, खेलमैदान र अन्य विकासका कामहरु विस्तार समेत गरिएको बताए ।
यस्तै युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले खेलकुदको माध्यमबाट पनि मुलुकमा समाजवाद ल्याउन सकिने बताए ।
उनले खेलकुद क्षेत्रमा पूर्वधार निर्माणसगैँ प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरि वागमती प्रदेशलाई उत्कृष्ट बनाउने बताए ।
उनले वागमती प्रदेशलाई खेलकुद मैत्री प्रदेशको रुपमा विकास गर्न आफु कटिबद्ध रहेको स्पष्ट पारे ।
कार्यक्रममा कालिका नगरपालिका वडा नं. १ का वडा अध्यक्ष सन्तवीर स्याङताङ, भीमोदय माविका प्रचार्य डा.हरिप्रसाद कडेँल, स्थानिय खेलाडी दिपेन्द्र चौधरी लगायतले कभर्ड सञ्चालनले आएको खेल क्षेत्रको विकासमा थप टेवा पुगेको विश्वास व्यक्त गरे ।