Namastebihani
images

नेबिसंघ चितवनका नेता ढकालद्धारा प्रदेश सदस्यमा दाबी प्रस्तुत

  • १६ भाद्र २०७९, बिहीबार १२:४७

चितवन: यही मंसिर ४ गते हुन लागेको संघिय निर्वाचन र प्रदेश निर्वाचनमा नेविसंघको राजनितिबाट आएका बिद्यार्थी नेताहरुले बिभिन्न पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । यसै क्रममा नेबिसंघ चितवनका सभापती सूर्य ढकालले क्षेत्र नम्बर ३ “क”बाट प्रदेश सभासदका लागि आफ्नो उम्मेदवारी पेश गर्नु भएको हो ।
ढकालले ३ “क”को प्रत्यक्ष तर्फ आफ्नो उम्मेदवारी दाबी गर्नुभएको हो । बि. सं.२०५३ सालबाट नेबिसंघको राजनितिमा लाग्नुभएका ढकालले २०५७ सालमा नेपाली काँग्रेसको क्रियाशिल सदस्यता लिनु भएको थियो । बि. सं. २०६२–०६३ को जनआन्दोलनमा सक्रिय सहभागीता जनाउनु भएका ढकाल २०७० सालबाट नेबिसंघ चितवनको अध्यक्ष हुर्दै काँग्रेसको राजनितिमा सक्रिय बन्नुभएको हो । अहिले युवा अभियान सञ्चालन भईरहेको समयमा ५० वर्ष भन्दा तलका युवाहरुलाई ५० प्रतिशत सिट दिनु पर्नेमा उहाँले बताउनुभयो । काँग्रेसको होलटाईमर कार्यकताको रुपमा उभ्याउँदै आउनु भएको छ ।
काँग्रेसका हरेक आन्दोलनमा अग्र मोर्चामा उभिने ढकाल टिकट पाए युवा पुस्ताको सहयोग र अग्रजको सम्मानका रुपमा अघि वढाउने बताउनुहुन्छ ।