Namastebihani
images

नारायणगढ–मुग्लिन सडक आठ घण्टापछि सञ्चालनमा

  • १६ भाद्र २०७९, बिहीबार १६:२०

चितवन : पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड ८ घण्टा ३० मिनेट पछि सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ केराबारी र १८ किलोमा ठूलो पहिरो खस्दा आज बिहान ५ः५० वजे देखि अबरुद्ध सडक दिउँसो २ः२५ बाट सञ्चालनमा आएको हो ।
पहिरोका कारण सडक दुई तर्फि अबरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायब उपरिक्षक नरहरी अधिकारीका अनुसार पहिरो पन्छाए संगै रोकिएका सवारीसाधन गन्तव्य तर्फ लागेका छन् । पहिरो पन्छाउनका लागि दुई लोडर, दुई व्याक हो लोडर र एउटा एक्साभेटर प्रयोग गरिएको थियो ।