
चितवन : ईनट्रक्क क्लब अफ सनराईज इङ्ग्लिस स्कुलले रोटरी क्लब अफ चितवन र रोट्रक्क क्लब अफ चितवनको सहकार्यमा रामनगर माध्यमिक विद्यालय, रामनगरलाई विविध खेलकुदका सामग्रीहरू वितरण गरेको छ ।
रोटरी क्लब अफ चितवनका सेकेण्ड भाइस प्रेसिडेन्ट रामचन्द्र अधिकारीको अध्यक्षता तथा रामनगर मा.वि. का प्रधानाध्यापक हिरामान श्रेष्ठ, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर कुँवर, सनराइज इङ्ग्लिस स्कुलका सहायक प्रधानाध्यापक भुमिराज तिवारी, रोट्रक्क क्लबका अध्यक्ष अच्युत न्यौपाने, सनराइज स्कुलका शिक्ष तिलबहादुर आले लगाएतको उपस्थितिमा उक्त खेलकुदका सामग्रीहरू हस्तान्तरण गरिएको थियो ।
रामनगर मा.वि. का शिक्षक रामबहादुर भण्डारीले उक्त कार्यक्रममा सहभागिहरूलाई स्वागत तथा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमा ईनट्रक्क क्लब सनराईजका अध्यक्ष अनुष्का जोशीले क्लबको तर्फबाट प्रदान गरिएको खेलकुद सामग्री ग्रहणका लागि अनुरोध गरेकी थिइन् । विद्यालयका प्रधानाध्याप हिरामान श्रेष्ठले उक्त कार्यक्रममा बोल्दै अधिकांश विद्यार्थीहरू सिमान्तकृत, विपन्न समुदायका भएको तर स्थानिय तह तथा राज्यबाट खेलकुदको शिर्षकमा कुनै पनि रकम विनियोजन नहुने हुँदा खेलकुदका कार्यक्रमलाई प्रोत्साहन गर्न नसकिएको बताउदै सनराइज इङ्ग्लिस स्कुलले प्रदान गरेको सहयोगले विद्यार्थीको खेलकुदको विकासमा सहयोग पुग्ने आशा ब्यक्त गर्दै सहयोगका लागि धन्यवाद गरेका थिए ।