
रवि रोषी, चितवन : चितवनको सामान्य परिवारमा जन्मिएका सूर्य लम्सालको आज अलग पहिचान छ, अमेरिकामा । अमेरिका जाने धेरै नेपालीहरुको चाहना र सपना हुन्छ । तर अमेरिका जाने सपना मात्र होईन अमेरिकाकै चर्चीत ईन्जिनियर हुन् लम्साल । उनी न्यूयोर्क स्थित स्टेट अफ अपरच्युनिटि एनअवाई पावर अथोरिटिका निर्देशक पदमा कार्यरत छन् । लम्साल यतिवेला अमेरिका र क्यानडा विच रहेको नायगरा नदीको पानीलाई दुई देशमा बाड्दै विजुली उत्पादनसगैँ दुईदेश विचको सम्बन्धलाई थप प्रगाढ बनाउने काममा सक्रिय छन् ।
चितवनको तत्कालिन शिवनगर गाविस स्थित नारायणी विद्या मन्दिरका जेहेन्दार छात्र सूर्य हाल गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका तदर्थ समितिका हालै सर्वसम्मत निर्वाचित अध्यक्ष पनि हुन् । उनले नेपालले विद्युतीय उर्जाको उत्पादन र प्रयोगलाई तीव्र रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिए । लम्साल यो पटक नेपालमा वैदेशीक लगानी भित्राउने विषयमा छलफल र भेटघाटसँगै गृह जिल्ला चितवनमा रहँदा सौराहा अनलाईनसँगको जम्काभेटमा गरिएको भिडियो कुराकानी ।