
काठमाडाैं : प्रेमिकाले धोका दिएपछि हैरान भएका कलाकार विल स्मिथ अन्य महिलासँग धेरै शारीरिक सम्पर्क राख्दा बिरामी परेको खुलासा भएको छ । हलिउडका कलाकार स्मिथले आफ्नो बायोग्राफी प्रकाशित गर्दै धेरै महिलासँग सम्पर्क राख्दा बिरामी परेको खुलासा गरेका छन् ।
कलाकार ५३ वर्षीय स्मिथको पुस्तक हालै बजारमा आएको छ, जसमा उनले आफ्नो स्मरण र अनुभवलाई लिपिवद्ध गरेका छन् ।
‘१६ वर्षको उमेरमा मेलनी नामक किशोरीले धोको दिएपछि म धेरै युवतीसँग सम्पर्क राख्नतिर लागें,’ उनले लेखेका छन्, ‘ब्रेकअप मेरा लागि असह्य भएको थियो । यसपछि म धेरै महिलासँग सम्पर्क राख्न थालें । जसले गर्दा म बिरामी परें । शारीरिक सम्पर्कपछि धेरैपल्ट महिला वान्ता भयो ।’
प्रेमिकाले धोका दिएपछि आफूलाई राहत चाहिएका बेला धेरै युवतीको सहारा लिनुपरेको स्मिथले पुस्तकमा खुलाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।